सीइडीबी हाइड्रोपावरको साधारणसभा आज बस्दै, ११ प्रतिशत लाभांश पेश गरिने

२१ आश्विन २०८१, सोमबार ०७:२२

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ आर्थिक वर्षको साधारण सभा आज (असोज २१) बस्दैछ । सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ ।

सभामा अघिल्लो २ आवको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । बोनस शेयर वितरणपछि ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

साथै अघिल्लो २ आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने एजेण्डा पनि रहेको छ । सभाले चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि टुङ्ग्याउनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज ७ गते बुक क्लोज गरिसकेको छ । असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*