काठमाडौं–हेटौडा रुटमा पाँच वटा सडक सञ्चालनमा कुन बाटो ठीक ?

२१ आश्विन २०८१, सोमबार ०६:३४

काठमाडौं । हिजो रातिबाट काठमाडौंबाट हेटौडा जाने पाँच वटा बैकल्पिक सडक र त्रिभुवन राजपथ मध्ये पाँच वटा सञ्चालनमा आएका छन् । कान्तिलोकपथ भने अझै सञ्चालनमा आएको छैन ।

बागमति प्रदेश सरकार र संघीय सरकारले हेटौडा–काठमाडौं जोड्ने बैकल्पिक सडक सञ्चालन गर्न उच्च प्राथमिकता दिँदै २४ सै घण्टा काम गरेका कारण अबरुद्ध चार वटा सडक आजबाट सञ्चालनमा आएका छन् । हेटौडाबाट भिमफेदी सिस्नेरी दक्षिणकाली हुँदै बल्खुसम्मको सडक सञ्चालनमा आएको छ । त्यस्तै, काठमाडौंको फर्पिङबाट फाखेल हुँदै कुलेखानी भिमफेदी हेटौडासम्मको सडक पनि सञ्चालनमा आएको छ । त्यस्तै, काठमाडौंको मातातिर्थ चखेल–महालक्ष्मी खोला हुँदै भिमफेदी र हेटौडा जोड्ने सडक पनि सञ्चालनमा आएको छ । उल्लेखित तीन वटा सडक बाहेक हेटौडा पालुङ कुन्छालबाट बज्रबाराही हुँदै मातातिर्थ जोड्ने सडक पनि सञ्चालन भइरहेको छ ।

सिस्नेरीमा सडक सञ्चालनको काम हुँदै

सबैभन्दा पहिले सञ्चालन भएको मातातिर्थ कुन्छाल पालुङ हेटौडा सडकमा अत्याधिक चाप रहेकोमा अब आजदेखि उक्त चाप घट्नेछ ।

उल्लेखित यी चार वटा बाहेक त्रिभुवन राजपथ पनि सञ्चालनमा आएको छ । धादिङ–काठमाडौंको सीमा झ्याप्ले खोलामा डाइभर्सन बनाई उक्त सडक सञ्चालन गरिएकोले त्रिभुवन राजपथ पनि सञ्चालनमा आएको छ ।

मकवानपुर क्षेत्र नं २ का सांसद महेश बर्तौलाले आजबाट उल्लेखित चार वटै बैकल्पिक सडक र त्रिभुवन राजपथबाट यात्रा गर्न सकिने गरी आपतकालिन सडक सञ्चालनमा आएको बताए । सांसद बर्तौलाले आफू हिजै राति सिस्नेरी हुँदै सडकमार्गबाटै काठमाडौं फर्किर्एको बताए ।

उक्त सडकहरु मध्ये सबैभन्दा उत्तम कुन होला ? भन्ने सन्दर्भमा दक्षिणकाली सिस्नेरी र फर्पिङ फाखेल हुँदै भिमफेदी निस्केर हेटौडा–काठमाडौं गर्ने सडक सबैभन्दा उत्तम हुनेछ । मातातिर्थ पालुङ हुँदै जाने सडक केही लामो भएकोले छोटो र बैकल्पिक सडक खुलिसकेपछि अब लामो यात्रा गर्न आवश्यक छैन । यद्यपि डाईभर्सन गरिएको सडक खण्डमा भने सचेततापूर्वक र धैर्यतापूर्वक सवारी चलाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*