बाढी पहिरोबाट ठूला बीमा दाबी भएका बीमितलाई अग्रिम दाबी भुक्तानी दिँदै शिखर इन्स्योरेन्स

२० आश्विन २०८१, आईतवार १९:२१

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वाढी तथा पहिरोको बीमा दाबी द्रुत गतिमा भुक्तानी भईरहेको जानकारी बीमितहरुलाई दिएको छ।

आश्विन ११ गते देखि देशभर परेको अविरल वर्षा, वाढी र पहिरोको कारण कम्पनीमा प्राप्त भएका बीमा दाबीहरु मध्ये कम्पनीबाट सानो तथा सरल किसिमको बीमा दाबीहरु द्रुत गतिमा भुक्तानी भइरहेको कम्पनीले जनाएको छ।

बीमा दाबीको रकम यकिनका लागि क्षति भएको सम्पत्तिको मर्मतगर्न, आवश्यक कागजात तयार / संकलन गर्न तथा सर्भे गर्न समय लाग्ने ठूला बीमा दाबीको हकमा कम्पनीबाट प्रचलित व्यवस्था बमोजिम अग्रिम दाबी भुक्तानी गर्दै आएको समेत जानकारी गर्दै सम्बन्धित विमितहरुलाई अग्रिम दाबी भुक्तानी समेत दिईरहेको छ।

जसका लागि कम्पनीका सम्बन्धित प्रतिनिधि, सर्भेयरसंग वा निम्न नम्बरमा सम्पर्क गर्नका लागि आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*