नेपालमै पहिलो पटक एपबाट शेयर कारोबारः ६० प्रतिशत लगानीकर्ताले गरे भर्सनबाट कारोबार

२० आश्विन २०८१, आईतवार १८:३५

काठमाडौं । आजबाट नेपालमा पहिलो पटक एपमार्फत सेयर कारोबार शुभारम्भ भएको छ। हालसम्म यो सुविधा नेपालमा थिएन् । सेक्योर्ड सेक्युरिटिज (३६) ले आजबाट कारोबारमा आफ्नै टीएमएस प्रयोग गरेसँगै यसको एप भर्सनबाट पनि कारोबार सुरु भएको हो।

करिब ४७ प्रतिशत लगानीकर्ताले (टीएमएस डट्एसएसएल डट् कम डट् एनपी) लगिन गरेको र ६० प्रतिशत लगानीकर्ताले एपमार्फत कम्पनीको सहायतामा कारोबार गरेको सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले बताएका छन् ।

नेपालमा पहिलो पटक एपमार्फत कारोबार भएको सेक्योर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले बताएका छन् । एट्र्याड डीजी ट्रेड नेपाल’ नामक एपमार्फत कारोबार सुरु भएको हो । यो एप एन्ड्रोइड तथा आईओएस दुवैमा उपलब्ध छ । ‘यसअघिसम्म एपमार्फत कारोबार हुँदैनथ्यो, यो पहिलो पटक हो’ उनले भने ।

नयाँ टीएमएस एप, वेब र डेस्कटप भर्सनबाट सहज रुपमा आइतबार कारोबार सम्पन्न भएको मैनालीले बताए । ‘नयाँ प्रणालीमा कारोबार गर्न अभ्यस्त नभएकाले केहीलाई सुरुका दिन असहज लागेको हुन सक्छ, तर अभ्यस्त भइसकेपछि सहज हुनेछ’ उनले भने ।

आइतबार मात्रै करिब ५ सय ८० सय जनाले नयाँ टीएमएस (टीएमएस डट्एसएसएल डट् कम डट् एनपी) लगिन गरेको उनले बताए ।

करिब साढे २ सयले कारोबार गरेका छन् । आइतबार सेक्योर्डले आफ्नै टीएमएसबाट मात्रै कारोबार ग¥यो । नयाँ टीएमएस मात्रै प्रयोग हुँदा पनि ब्रोकर कम्पनीको कारोबार पहिलेकै हाराहारीमा छ । यस दिन सेक्योर्डमार्फत कुल ६ करोड ४९ लाखको खरिद हुँदा ६ करोड ६५ लाख रुपैयाँ बराबरको बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*