बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह

२० आश्विन २०८१, आईतवार १६:२३

बीमा प्राधिकरणद्धारा बीमकलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई बाढी पहिरोले देशमा ठूलो मात्रामा क्षती गरेको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह गरेको छ।

बीमा कम्पनी, लघुबीमा र पुनर्बीमा कम्पनीहरुलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न आग्रह गरेको छ।

नेपालमा अविरल बर्षाको कारण बाढी पहिरोले विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकाले यस बिषम परिस्थितीमा कम्पनीहरुलाई सामाजिक उत्तरायित्व कोष वा अन्य कुनै कोषबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गराउन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*