देशैभर बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरुमा कति पर्दैछन् दाबी? (सूचीसहित)

२० आश्विन २०८१, आईतवार १४:१५

काठमाडौं ।बाढी पहिरोको कारण हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी पर्ने कम्पनीहरूले अनुमान गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत १६ गतेसम्मका कम्पनीहरूमा प्राप्त विवरण अनुसार २ हजार ३३७ वटा दाबी पर्न सक्ने देखिएको छ । यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमा कम्पनीको परेको तथ्यांकको विवरण हो ।

यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई एक एक अर्ब ८१ लाख रुपैयाँ बढीको दाबी पर्ने अनुमान छ । यो कम्पनीमा ३१९ वटा दाबी पर्नसक्ने जनाइएको छ ।

त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४४ करोड १० लाख रुपैयाँ बढीको १४७ वटा दावी परेको छ । साथै, हिमालयन एभरेष्टमा एक अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको २१६ वटा दाबी पर्ने अनुमान गरिएको छ भने नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख २७ हजार रुपैयाँको २२३ वटा दाबी परिसकेको छ ।

त्यस्तै, शिखरमा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँको ३२२ वटा दाबी, नेशनल इन्स्योरेन्स कम्पनीमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँको २५ वटा, आईजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँको २४८ वटा दाबी र नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख ९६ हजार रुपैयाँको १२८ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

उक्त अवधिमा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमालेखअन्तर्गत ७१ करोड ८९ लाख रुपैया, कृषि बाली बीमा अन्तर्गत ४३ लाख ६७ हजार, पशुपन्छी बीमा अन्तर्गत एक करोड १५ लाख ८२ हजार, मोटर बीमा (निजी) अन्तर्गत २७ करोड ३० लाख ६१ हजार, मोटर बीमा (सार्वजनिक) अन्तर्गत १४ करोड ४५ लाख ६० हजार, सम्पत्ति बीमा अन्तर्गत ६ अर्व ११ करोड ५१ लाख ८७ हजार, सामुद्रिक बीमा अन्तर्गत ९३ लाख २३ हजार र अन्य (विविध) बीमा लेखअन्तर्गत १४ लाख ९५ हजार रुपैयाँ बरावरको प्रारम्भिक दावी रहेको प्राधिकरणले जनाएको छ ।

प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी दावी वाग्मती प्रदेशमा छ । यस प्रदेशमा हालसम्म दुई हजार ७९ वटा दावी संख्यामार्फत ६ अर्व ९३ करोड ८१ लाख रुपैयाँ बरावर दावी देखिएको छ । धेरै दाबी पर्ने प्रदेशको दोस्रो नम्बरमा कोशी छ

गत साता तीन देखि परेको अविरल बर्षाको कारण देशभर जनधनको क्षति भएको छ । क्षतिका कारण बीमा कम्पनीहरूमा परेको दाबीको विस्तृत विवरण छिटो भन्दा छिटो संकलन गरी सहज भुक्तानी गर्न प्राधिकरण कम्पनीहरूलाई निर्देशन दिएको छ । त्यस्तै, कम्पनीहरूलाई साप्ताहिक रुपमा प्राधिकरणमा तथ्यांक पेश गर्न प्राधिकरणले निर्देशन दिएको छ ।

बीमा प्राधिकरणले बाढी पहिरोमा परेका बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*