विट्साको कोषाध्यक्षमा क्यान महासंघका अध्यक्ष पोद्दार

२० आश्विन २०८१, आईतवार १३:२५

काठमाडौँ । कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजित कुमार पोद्दार World Innovation, Technology and Services Alliance (WITSA) को कोषाध्यक्ष बनेका छन् । पोद्दार विश्वका ८० वटा सूचना प्रबिधि संस्थाहरुको अन्तराष्टिय संस्था विट्साको कोषाध्यक्षमा नियुक्त भएका हुन् ।

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरन्जिबी अधिकारीका अनुसार विट्साले विश्वभरी सूचना प्रबिधिका क्षेत्रमा भएका नविनतम् प्रयोग र विकासबारे संसारलाई जानकारी गराउने काम गर्दछ ।

साथै, नयाँ नयाँ प्रबिधिका बारेमा खोज अनुसन्धानमा संलग्न हुने र त्यसका लागि विश्व समुदायलाई साथ र सहयोग गर्ने काम पनि यो संगठनले गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*