नेप्सेमा सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पाउँछ ओपनिङ्ग रेञ्ज ?

१६ भाद्र २०७८, बुधबार १४:१०

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ दोस्रो बजार सुचिकृत भएको छ । नेप्से र कम्पनीबीच आज दोस्रो बजारमा आइपीओ सुचिकृत गरी कारोबारका सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनीको २ करोड कित्ता आइपीओ नेप्सेमा सुचिकृत भएको हो ।

कम्पनीको शेयरलाई एसएलआई संकेत प्रदान गरि हितग्राही खातामा जम्मा भइसकेको छ। नेप्सेले यो कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०३.१७ रुपैयाँदेखि अधिकतममा ३०९.५१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्नेछ।

सानिमा लाइफले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड भने गत साउन ३० गते गरिएको थियो।कम्पनीले सानिमा क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*