अत्याधुनिक नयाँ भवनबाट कारोबार सुरु गर्दै हिमालयन एभरेष्ट, बबरमहलमा यस्तो बन्यो भवन

२० आश्विन २०८१, आईतवार १२:४२

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनबाट बीमा सेवा प्रदान गर्ने भएको छ । नयाँ भवनबाट कारोबार सुरु गरेसँगै बीमितहरुले थप सहज बीमा सेवा पाउनेछन् ।

हाल थापागाउँ काठमाडौंमा सञ्चालित केन्द्रिय कार्यालयले यही असोज २३ गतेदेखि काठमाडौैँ महानगरपालिका वडा नम्बर ११, बबरमहल, काठमाडौंमा रहेको नवनिर्मित आफ्नै भवनबाट बीमा सेवा प्रदान गर्नेछ । कम्पनीले तीन वर्ष लगाएर नयाँ भवन तयार पारेको हो ।

नेपालको इतिहासमा पुरानो वैभव बोकेको तत्कालिन हिमालयन जनरल इन्स्योरेन्स मुख्यालयको भवन पुरानो भएकोले नयाँ बनाएर त्यहाँबाट कारोबार सुरु गर्न लागिएको हो ।

एकैसाथ स्थापना भई आपसमा मर्जर भई दुई वटा एभरेष्ट र हिमालयन जनरल कम्पनी मिलेर निर्जीवन बीमा व्यवसायमा फड्को मार्दै आएको हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नै भव्य भवन निर्माण सम्पन्न गरिसकेको छ ।

यत्तिबेला कम्पनीको केन्द्रिय कार्यालय थापागाउँमा रहेका विभिन्न कागजात, फर्निचर लगायतका समाग्रीहरु स्थानान्तरण गरिहेका छन् । माइतिघर मण्डलामा रहेको अन्नपूर्ण न्यूरो अस्पतालको दायाँपट्टी कम्पनीले भव्य भवनबाट यही असोज २३ गतेबाट कारोबार गर्ने कम्पनीले जनाएको छ ।

तस्विर : राजन कठायत

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*