अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे नेपालकै बिज्ञहरु बेखवर, नतिजामुखी हुनेमा आशंका

२० आश्विन २०८१, आईतवार ११:५९

काठमाडौं । म्यूनिख रिको मुख्य आयोजनामा काठमाडौंमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा नेपालकै बीमा बिज्ञहरुलाई सहभागी नगराइएको पाइएको छ ।

नेपाल बीमा प्राधिकरणमा लामो समयसम्म बीमा बिज्ञको रुपमा काम गरेका बीमा बिज्ञ भोजराज शर्माले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे थाहा नभएको बताए ।

त्यस्तै, अर्का बीमा बिज्ञ तथा पोखरा विश्व विद्यालयका सह- प्राध्यापक डा. रविन्द्र घिमिरेले समेत नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे आफूलाई थाहा नभएको बताए ।

त्यस्तै, अर्का बीमा बिज्ञ तथा पोखरा विश्व विद्यालयका सह प्राध्यापक डा. रविन्द्र घिमिरेले समेत नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे आफूलाई थाहा नभएको बताए । बीमा प्राधिकरणकै पूर्व अध्यक्ष तथा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको व्यवस्थापन विभागका लामो समय अध्यापन गराएका प्रा.डा. फत्त बहादुर केसी पनि अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे अनभिज्ञ नै छन् ।

बीमा प्राधिकरणकै पूर्व अध्यक्ष तथा त्यस्तै, अन्य थुप्रै बीमा सम्बद्ध प्राध्यापक तथा बिज्ञहरुले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनबारे बेखवर रहेको बीमापोष्टलाई बताए ।

बीमा प्राधिकरणका प्रबक्ता सुशिल सुवेदीले निम्ता गर्ने कार्यक्रम बाँकी नै रहेकोले बिज्ञहरुलाई पनि समावेश गरिने बताए । तर, बीमा प्राधिकरण र म्यूनिख रिले नबुझेको कुरा समावेशी अन्तर्राष्ट्रिय बीमा सम्मेलनमा नेपालको अवस्था र यहाँको नीतिगत आवश्यकताको बारेमा नेपालमा काम गरिरहेका बीमा बिज्ञहरुको योगदान आवश्यक पर्छ कि पर्दैन ? भनेर बुझ्ने प्रयास नगरेको देखिएको छ ।

नियामक नेपाल बीमा प्राधिकरण आफैले संयोजन गरिरहेको म्यूनिख रि जस्तो विश्वकै प्रख्या पुनर्बीमा कम्पनीकै आयोजनामा हुने लागेको भव्य अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा नेपालकै बिज्ञहरुलाई समावेश नगरिनुलाई यसको सफलता र औचित्यमाथि आशंका उत्पन्न भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*