बार-बेञ्च टकरावबीच सर्वोच्चका ३२औं प्रधानन्यायाधीश राउतको शपथ

२० आश्विन २०८१, आईतवार ११:२२

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश अनुमोदित प्रकाशमान सिंह राउतले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक व्यवस्था अनुसार राउतलाई प्रधानन्यायाधीश नियुक्त गरिसकेको र दिउँसो साढे १ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा शपथ कार्यक्रम राखिएको बताइएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको औपचारिक विदाई भएसँगै स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका राउतले आइतबार आज न्यायपालिकाको पूर्ण बागडोर सम्हाल्नेछन् ।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले १६ असोजमा राउतको नाम अनुमोदन गरेपछि उनी सर्वोच्च अदालतको ३२औं प्रधानन्यायाधीश बनेका हुन् ।

राउतको शपथ समारोहमा न्यायपालिकोको पुनःसंरचनाको माग राख्दै सर्वोच्च न्यायालयसँग टक्कर लिइरहेको नेपाल बार एशोसिएशनका पदाधिकारी समेत सहभागी हुने भएका छन् । लेनदेनका अधारमा न्यायाधीश नियुक्ति गरिएको अभिव्यक्ति दिएलगत्तै सर्वोच्च प्रशासनले नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेमाथि हवहेलना मुद्दा अघि बढाएको छ भने बारले न्यायपालिकाको पुनःसंरचनाको माग राखेर आन्दोलनको चेतावनी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*