मोलुङ हाइड्रोपावरको १४औं र १५औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक समिति चयन

२० आश्विन २०८१, आईतवार १०:४४

काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको चौधौं र पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको संचालक समिति, लेखापरिक्षक नियुक्ति तथा अध्यक्ष चयनसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू पारित गर्दै सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट कम्पनीको संचालक समितिमा संस्थापक समूह (क) बाट क्रमशः नविन महर्जन, कविन महर्जन, विजय प्रकाश महर्जन र रविन्द्र महर्जन निर्विरोध निर्वाचित भएका छन्। साथै, सर्वसाधारण समूह (ख) बाट रामेश्वर महर्जन र हिरा लक्ष्मी महर्जन निर्वाचित भएका छन्।

कम्पनीको बाह्य लेखापरिक्षकको रुपमा आर्थिक वर्ष २०८१।८२ का लागि Dev Associates, Chartered Accountants लाई नियुक्त गरिएको छ।

साधारण सभा सम्पन्न भएपछि बसेको ४३औं संचालक समितिको बैठकमा आपसी सहमतिका आधारमा संचालकहरूबाट नविन महर्जनलाई अध्यक्ष पदमा चयन गरिएको छ।

यस निर्वाचन र नयाँ नेतृत्वको चयनसँगै कम्पनीले आगामी दिनमा आफ्नो रणनीतिक योजना र विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*