बाढीपहिरो पीडितलाई कृषि विकास बैंकको डेढ करोड

२० आश्विन २०८१, आईतवार १०:३२

काठमाडौं । बाढीपहिरो तथा डुबान पीडितको सहयोगार्थ कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ करोड रुपैयाँ प्रदान गरेको छ ।

बैंकका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड ५० लाखको चेक हस्तान्तरण गरेका हुन् । बैंकले हस्तान्तरण गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भइसकेको छ । जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक तथा वित्तीय संस्थाको सहयोग रकमबाट बाढीपहिरो पीडितको राहत तथा पुनःस्थापनाको काममा टेवा पुग्ने प्रतिक्रिया दिए ।

कृषि विकास बैंकले २०७२ सालको गोरखा भूकम्पताका प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड ६१ हजार १ सय ३५ रुपैयाँ हस्तान्तरण गरेको थियो । जति बेला (दिवंगत) सुशील कोइराला मुलुकको प्रधानमन्त्री थिए । कृषि विकास बैंक आफ्नो वित्तीय सूचकमा उल्लेखनीय वृद्धि गर्न सफल भएको छ भने ४० अर्बको बजार पूँजीकरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*