एयरव्याग जडित हायलक्स दुर्घटनामा चालकको मृत्यु

२० आश्विन २०८१, आईतवार १०:११

काठमाडौं । एयरव्याग जडित हायलक्स गाडी दुर्घटनामा चालककै मृत्यु भएको घटनाले सडक सुरक्षा मामलाका जानकारहरुलाई अचम्मित तुल्याएको छ ।

काठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स नुवाकोटको काफलडाँडामा दुर्घटना चालकको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना सवार थिए ।

प्रहरीका अनुसार बा १४ च ३८५५ नम्बरको गाडी टोखा-छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खसेर चालकको मृत्यु भएको हो । दुर्घटना भएको हायलक्स गाडी हाइड्रोपावरको भएको प्रहरीले जनाएको छ ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने भएपछि अधिकांश हल्का सवारीहरु टोखा-छहरे सडक प्रयोग गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*