मातृभूमि लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

२० आश्विन २०८१, आईतवार १०:०७

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले कुमारी क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

साबिक किसान लघुवित्त वित्तीय संस्था लिमिटेड र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रभु क्यापिटल लिमिटेडले सञ्चालन गर्दै आएको थियो । यी दुवै कम्पनीहरू आपसमा गाभिएर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको कम्पनी सचिव सजल खड्काले जानकारी दिएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*