इजरायल-इरान युद्धले अमेरिका त्रसित, इजरायली कदम कमला ह्यारिसका लागि घातक, ट्रम्पलाई राहत

२० आश्विन २०८१, आईतवार ०९:३३

काठमाडौं । मध्यपूर्वमा विनाशकारी युद्धलाई निम्ता दिइरहेको इजरायली कदमलाई लिएर संयुक्त राज्य अमेरिका त्रसित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानको तेल क्षेत्रमा आक्रमण नगर्न इजरायलाई आग्रह गरेका छन् । ह्वाइटहाउसमा आकस्मिक बिफिङ् दिँदै अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अर्को कदम चाल्नुपूर्व अमेरिकी समर्थनको समेत ख्याल गर्नुपर्ने भन्दै आफ्नो डर प्रकट गरेका हुन् ।

उनले आफु इजरायलको ठाउँमा भएको भए तेल क्षेत्रको आक्रमणबाहेकको विकल्प सोच्ने थिएँ, भनी प्रतिक्रिया दिएका छन् । तर, इरानको विशाल क्षेप्यास्त्र आक्रमणपछि इजरायलीहरुले के गर्ने भन्ने मेसो पाइरहेका छैनन् ।

बाइडेनले तेहरानको क्षेप्यास्त्र आक्रमणको प्रत्याक्रमणमा इरानी तेल क्षेत्रमा सम्भावित इजरायली आक्रमणबारे छलफल भइरहेको बताउनासाथ अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । बाइडेन इजरायलले चाल्ने कदमले दीर्घकालीन मूल्यवृद्धिलाई निम्ता दिने र जुन राष्ट्रपतिको चुनावी दौडमा रहेकी कमला ह्यारिसका लागि हानिकारक सावित हुने भयले त्रस्त छन् । उता, चुनावी प्रचारमा रहेका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले मध्यपूर्व तनावबारे झन् उत्तेजक दृष्टिकोण राखेका छन् ।

वर्तमान परिस्थिति हेर्दा इजरायल युद्धले मध्यपूर्वलाई चौतर्फी द्वन्द्वमा तान्नसक्ने अड्कल द्वन्द्वविदहरुले गर्न थालेका छन् । लामो समय इजरायली युद्ध पछ्याएका अमेरिकी एक विश्वविद्यालयको इतिहास तथा शान्ति अध्ययनतर्फका प्राध्यापक असर कउफम्यानका अनुुसार हिजबुल्लाह र इरानले मध्य तेलअभिभसम्मको एयरपोर्ट, पानी तथा विद्युत आपूर्ति केन्द्रहरु समेतलाई लक्षित गरेर हजारौँ क्षेप्यास्त्र प्रहार गर्न सक्ने बताएका छन् । गएको मंगलबार उसले त्यो ताकत देखाइसकेको प्रतिक्रिया दिँदै प्राध्यापक कउफम्यानले यसले लेबनान र इजरायलमा विनाश निम्त्याउने अड्कल गरेका छन् । साथै, यो युद्धले इरान र अमेरिका समेतलाई प्रत्यक्ष कटरावमा तान्ने सक्ने धारणा व्यक्त गरेका छन् ।

इजरायलले बेरुत र लेबनानका अन्य भागलाई गाजामा जस्तै ध्वस्त पार्ने सामथ्र्य राखेजस्तै हिज्बुल्लाहले समेत इजरायली रणनीतिक क्षेत्रमा विशाल आक्रमण गर्न सक्ने प्रतिक्रिया शान्ति अध्ययनका प्राध्यापक कउफम्यानले दिएका छन् । उनले अमेरिकी राष्ट्रपतिले इजरायललाई हौस्याउन छोड्नु पर्ने र शान्ति स्थापनाका लागि पहल गर्नु नै बुद्धिमानी हुने सुझाव उनले दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*