नेपाल प्रहरीको अस्पतालबाट महिला डाक्टर फरार, गृह मन्त्रालयद्वारा पत्रिकामा म्याद जारी

२० आश्विन २०८१, आईतवार ०८:४१

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. शिवानी सिंह वैशाखदेखि फरार भएकी छन् । ललितपुर निवासी इन्स्पेक्टर डा. सिंह परार भएको विषयमा गृह मन्त्रालयले सार्वजनिक सूचना नै जारी गर्नु परेको छ ।

तालुकदार विभागीय मन्त्रालयले डा. सिंहको नाममा स्पष्टीकरणसहित हाजिर हुन आउन भन्दै अखबारमै म्याद जारी गरेको हो । प्रहरी अस्पतालको रेडियोलोजी, शाखामा दरबन्दी रहेकी डा. सिंह छाला रोग विभागको ओपिडीमा कार्यरत थिईन् । उनले सुरुमा ४ निको भैपरी आउने विदा लिएकी थिइन् । पछि १४ दिन पुन घर विदा लिइन् भने त्यसपछि पनि उनले लगातार ३०-३० दिनको विदा दुई पल्ट थप गरेकी छन् ।

७८ दिनसम्म लगातार विदा बसेर साउन ६ गते अस्पतालमा हाजिर हुन आउनु पर्नेमा आफुखुशी कसैलाई पनि जानकारी नदिई सम्पर्कविहीन भएको र स्थायी ठेकानामा प्रहरी नियमावली बमोजिमको सूचना टाँस गर्दा पनि अटेर गरेकाले अखबारमै म्याद जारी गर्नु परेको गृहमन्त्रालयले जनाएको छ ।

सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र हाजिर हुन आउन भनेको छ । ७ दिनभित्र नआए प्रहरी नियमावलीको नियम ११३ को खण्ड (च) बमोजिम सेवाबाट बर्खास्त गर्ने चेतावनी समेत मन्त्रालयले दिएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उनलाई अन्तिम पटक सफाईको मौका दिइएको समेत सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*