माछापुच्छ्रे क्यापिटलले कात्तिक १३ गते साधारणसभा गर्ने

२० आश्विन २०८१, आईतवार ०७:२८

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारणसभा कात्तिक १३ गते काठमाडौंको बालुवाटार गौरीधारास्थित बालु्वाटार प्यालेस बैंक्वेटमा विहान ११ बजेदेखि गर्ने भएको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन् । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । चालु आवका लागि बाह्य लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि सभाले टुङ्ग्याउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*