बागमती सरकारले विपद प्रभावित ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने

१९ आश्विन २०८१, शनिबार १८:२५

काठमाडौँ । । बागमती प्रदेश सरकारले विपद प्रभावित ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । १०–१३ असोजको भिषण वर्षाका कारण बाढीपहिरोले क्षति पुर्याएको ४५ वटा पालिकालाई तीन वटा क्लष्टर बनाएर प्रदेश सरकारले रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

शनिबार हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय गरेको छ ।

उक्त रकम सम्बन्धित पालिकाले राहत वितरणलगायत विपद्को क्षेत्रमा खर्च गर्न सक्ने गरी रकम निकासा गर्न लागिएको हो । उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा पठाइने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*