अपि पावरको लाभांश संशोधन, अब बोनस र नगद कति ?

१९ आश्विन २०८१, शनिबार १८:१८

काठमाडौँ । अपि पावर कम्पनीले लाभांश संशोधन गरेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश संशोधन गरेर वार्षिक साधरण सभा र बुक क्लोजको नयाँ मिति तय गरेको हो ।

कम्पनीले आगामी कात्तिक ११ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कात्तिक २ गते गर्ने बुकक्लोज निर्णय गरेको छ ।

यसअघि कम्पनीले प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगले स्वीकृत नगरेपछि कात्तिक १ गते बोलाइएको साधारण सभा स्थगित भएको थियो । कम्पनीको असोज १८ मा सम्पन्न संचालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस र ०.२६३२ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने नयाँ प्रस्ताव गरेको छ ।

यसअघि ९ प्रतिशतका दरले बोनस र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । विद्युत नियमन आयोगले अपि पावरले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणबाट ‘अनरियलाइज्ड् गेन’ लाई खुद नाफा देखाएको भन्दै प्रस्तावित लाभांश वितरणमा रोक लगाएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*