बिपी राजमार्ग आंशिक रुपमा सञ्चालनमा, भकुण्डेबेसीबाट तिमाल हुँदै मुल्कोटमा जोडिने सडक सञ्चालनमा

२१ आश्विन २०८१, सोमबार ०६:०७

do not post. with conform by police.

काठमाडौं । काठमाडौंबाट पूर्वतर्फ जाने बिपी राजमार्गबाट आंशिक रुपमा सञ्चालनमा आएको छ । मध्यपहाडी लोकमार्गको केही सडक प्रयोग गरी बीपी राजमार्गमा पुग्न सकिने गरी उक्त सडक सञ्चालनमा आएको हो ।

काभ्रेको भकुण्डेबेसीबाट बैकल्पि बाटो प्रयोग गरी तिमाल हुँदै सुनकोशी नदि तरेर मध्यपहाडी लोकमार्गमा पुग्न सकिने गरी बाटो सञ्चालनमा आएको छ । काभ्रे र रामेछापको बीचमा पर्ने सिन्दुलटारमा सुनकोशी नदिमा पुलमार्फत मध्यपहाडी लोकमार्गमा पुग्न सकिन्छ । सुनकोशी नदिको उत्ततर्फ रहेको मध्यपहाडी लोकडमार्गबाट सिन्धुलीको झाँगाझोलीमा रहेको पक्की पुलबाट पुनः बिपी राजमार्गमा जोडिने सो सडक सञ्चालनमा आएको हो ।

दशैंको समयमा घर जान समस्यामा परेकाहरुले उक्त सडक प्रयोग गर्न सक्नेछन् । कच्ची सडक भएकोले यात्रा ढिलो हुने र सावधानी अपनाउनुपर्ने स्थिति भने कायमै छ । सिन्धुलीको मुलकोटदेखि उतातर्फको सडक भने ठाउँ ठाउँमा डाईभर्सन बनाएर सञ्चालन गरिएको छ ।

उक्त मार्ग सञ्चालनमा आएसँगै अब खोटाङ, उदयपुर, ओखलढुंगा, रामेछाप, सन्धुली जाने सवारी साधनहरु यात्रा गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*