लक्ष्मी बैंकको नयाँ शाखा सुुनसरीको चिमडीमा

१६ भाद्र २०७८, बुधबार १३:२०

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो थप एक नयाँ शाखा बिस्तार गरेकोे छ । बैंकले सुनसरी जिल्लाकोे बर्जुु गाउँपालिका ६ को चिमडीमा शाखा बिस्तार गरेको हो ।

उक्त शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकतालाई पुरा गर्नुका साथै साना ब्यवसायीहरु माझ बित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । बिस्तार गरेको शाखाबाट बैंकले दिदै आइरहेका बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा र साना ब्यवसायी कर्जा प्रदान गर्न बैंकले जनाएको छ ।

थप एक नयाँ शाखा बिस्तार गरेसंगै बैंकले हाल ४९ जिल्लाकोे १३५ शाखा र १६५ एटिएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*