मिर्मिरे लघुवित्तद्धारा शाखा प्रमुखलाई एक्शल तालिम प्रदान

१६ भाद्र २०७८, बुधबार १३:१२

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शाखाका कर्मचारीहरुलाई एक्शल तालिम दिएको छ । संस्थाले सबै शाखाका प्रमुखहरुलाई तथ्याङ्क विश्लेषण गर्न सिकाउने उद्देश्यले उक्त तालिम प्रदान गरेको हो ।

यसअघि असार महिनामै अन्य शाखा प्रमुखहरुलाई उक्त तालिम दिइसकेकोमा लघुवित्तले अघिल्लो साता संस्थाको इटहरी क्षेत्रीय कार्यालय अन्तर्गतका शाखा प्रमुखहरुलाई तालिम दिएको थियो भने यस साता भरतपुर क्षेत्र र बनेपा क्षेत्र अन्तर्गतका शाखा प्रमुखहरुलाई सो तालिम प्रदान गरेको हो ।

लघुत्तिले क्षेत्रगत रुपमा शाखाका व्यवस्थापक तथा कर्मचारीहरुलाई तथ्याङ्क विश्लेषण गरि व्यवसाय प्रबर्दन गर्न सहज होस् भन्ने उद्देश्यले वेबिनारमार्फत् भर्चुअल माध्यमबाट उक्त तालिम दिएको हो ।

संस्थाका सूचना प्रविधि विभाग प्रमुख इन्जिनियर अनुप श्रेष्ठका अनुसार आमामी साता भने बौनिया क्षेत्रका शाखा प्रमुखहरुलाई उक्त तालिम प्रदान गरिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*