टेस्लाको ब्याट्री आपूर्तिकर्ता सिएटिल प्लान्टमा आगलागी

१८ आश्विन २०८१, शुक्रबार १४:०९

काठमाडौँ । टेस्लाको ब्याट्री आपूर्तिकर्ता सिएटिल प्लान्टमा आगलागी भएको छ । प्लान्टमा सन् २०२४ सेप्टेम्बर २९ मा अचानक आगलागी भएको हो ।

यो कारखाना २०२० मा निर्माण गरिएको थियो र यसले टेस्ला र चीनका अन्य गाडी निर्माता कम्पनीलाई ब्याट्री आपूर्ति गर्दछ । सिएटिलका अधिकारीहरूका अनुसार, आगो छिटो निभाइएको थियो र यस घटनामा कुनै मानविय क्षति भएको छैन । आगो लाग्ने कारणको अनुसन्धान भइरहेको छ ।

सिएटिलको जेड प्लान्ट फुजियनमा रहेको छ र यो कम्पनीको सबैभन्दा ठूलो न्यू एनर्जी भेइकल ब्याट्री निर्माता हो । सिएटिलको स्थापना २०११ मा भएको थियो र हाल यसले विश्वभर १३ वटा कारखाना सञ्चालन गर्दैछ । चीनमा सिएटिलको बजार हिस्सेदारी लगभग ५० प्रतिशत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*