हकप्रद प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा

१८ आश्विन २०८१, शुक्रबार ०७:३०

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको हो ।

कम्पनी सञ्चालक समितिको असोज १६ गते बसेको बैठकको निर्णयले विशेष साधारण सभा कात्तिक ७ गते, आम्रपालि ब्याङ्केट, बालुवाटार, काठमाडौंमा आयोजना हुने भएको छ । सभा बिहान १० बजे सुरु हुनेछ ।

सभाले पूँजी वृद्धि गर्न हाल कायम रहेको चुक्ता पूँजीको ६२.५६ प्रतिशतको अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने छ ।

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २२ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असोज २१ गतेसम्म कायम शेयरधनीहरुमात्र विशेष साधारण सभामा सहभागि हुन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले गत शुक्रबार एनएलजी इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको १००ः६२.५ रेसियोको हकप्रद स्वीकृत गरेपश्चात कम्पनीले अन्य प्रक्रिया अन्तर्गत विशेष साधारण सभा आयोजना गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*