दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति

१७ आश्विन २०८१, बिहीबार १८:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको छ। गत साता एक बर्षदेखि पाईपलाईनमा रहेका लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल र एनएलजी इन्स्योरेन्सलाई बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो ।

एक बर्षदेखि कम्पनीहरुले हकप्रद सेयर निष्कासन अनुमति नपाउँदा चुक्ता पुँजी बढाउन पाएका थिएनन् । बोर्डको हकप्रद स्वीकृती निर्णय पश्चात् अन्य बीमा कम्पनीहरुले पनि हकप्रद स्वीकृती पाउने अपेक्षा गरेका छन् ।

आवेदन दिएको एक वर्षपछि कम्पनीहरुले सेबोनबाट हकप्रद निष्कासन स्वीकृति पाएका हुन्।

एलआइसीले १ः ०.८८ को अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सेबोनमा हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि २०८० असोज २९ गते आवेदन दिएको थियो ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले १० ः ६.२५ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले २०८० कात्तिक २ गते हकप्रद निष्कासन स्वीकृतिका लागि सेबोनमा आवेदन दिएको थियो। नेपाल बीमा प्राधिकरणले २०७८ चैतमा इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी अढाइ गुणाले वृद्धि गर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले हाल जीवन बीमाको ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*