‘किया ईभी-९’ भारतमा १.३ करोडमा लन्चः एक पटकको चार्जमा ५६१ किलोमिटर दूरी तय, यस्ता छन् विशेषता
काठमाडौँ । किया इंडियाले आज भारतको बजारमा आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी किआ ईभी-९ लाई आधिकारिक रूपमा लन्च गरेको छ । कम्पनीले आफ्नो प्रख्यात एमपीभी किया कर्णिवलको चौथो पुस्ताको मोडेल पनि प्रस्तुत गरेको हो ।
किया ईभी ९ को कन्सेप्ट मोडेल पहिलोपटक गत वर्षको अटो एक्सपोमा प्रस्तुत गरिएको थियो । किया ईभी ९ को जीटी–लाइन ट्रिममा आधारित पूर्ण–लोडेड भेरियन्टलाई लन्च गरिएको छ, जसको प्रारम्भिक मूल्य १.३ करोड (भारतिय रकम) रुपैयाँ (एक्स–शोरुम) राखिएको छ । यो एसयूभी कम्प्लिट बिल्ट युनिट मार्फत भारतमा ल्याइएको छ, जसका कारण यसको मूल्य उच्च राखिएको छ।
साइज र डिजाइन
किया ईभी ९ को लम्बाइ ५,०१५ मिमी, चौडाइ १,९८० मिमी, र उचाइ १,७८० मिमी छ, जसमा ३,१०० मिमी को व्हीलबेस दिइएको छ । यो एसयूभीको अगाडिको भागमा एल आकारको डिआरएलएस सहित वर्टिकल स्ट्याक्ड एलईडी हेडलाइट्स र क्लोज्ड ग्रिल दिइएको छ । पछाडिको भागमा वर्टिकल एलईडी टेल लाइट्स, स्पॉइलर र डुअल–टोन बम्पर को सुविधा छ ।
यस एसयूभीमा ६ सिटिङ लेआउट छ, जहाँ दोस्रो पंक्तिमा क्याप्टेन सिट्स दिइएको छ । भित्री डिजाइनमा १२.३ इन्च टचस्क्रीन र उस्तै आकारको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । ड्यासबोर्डमा ४–स्पोक स्टीयरिङ व्हील, इल्युमिनेटेड लोगो र सेन्टर कन्सोल सहितका सुविधाहरू छन् । भित्री रंगमा डुअल–टोन ब्राउन र ब्ल्याक इंटेरियरको उपयोग गरिएको छ ।
ब्याट्री र पावर
किया ईभी ९ मा ९९.८किलोवाटको ब्याट्री प्याक छ, जसलाई डुअल इलेक्ट्रिक मोटरसँग जोडिएको छ । यी मोटरले संयुक्त रूपमा ३८४ एचपि पावर र ७०० एनएम टर्क उत्पादन गर्छन् । कम्पनीले एसयूभीले एक पटकको चार्जमा ५६१ किलोमिटर दूरी तय गर्न सक्छ । ०–१०० किमी÷घण्टा गति पुग्न यो एसयूभीलाई ५.३ सेकेन्ड मात्र लाग्छ ।
किआ ईभी ९ मा इलेक्ट्रिक एड्जस्टमेन्ट, मसाज फङ्क्सन र एड्जस्टेबल लेग सपोर्ट जस्ता सुविधाहरू छन्। यसमा थ्री–जोन क्लाइमेट कन्ट्रोल, डुअल इलेक्ट्रिक सनरूफ, १४–स्पिकर मेरिडियन अडियो सिस्टम, र किआ कनेक्ट टेक्नोलोजी जस्ता सुविधा दिइएको छ ।
सुरक्षामा कियाले भरपूर ध्यान दिएको छ । यसमा १० एयरबैग, ईएससी, हिल डिसेन्ट कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट, ३६०–डिग्री क्यामेरा र लेवल–२ एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम जस्ता फिचर्स छन् ।