गोठाटारमा नेशनल लाइफ एजेन्सी कार्यालय समुद्घाटन

१७ आश्विन २०८१, बिहीबार १५:३८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गोठाटार तेजविनायक चोकमा घटस्थापनाको अवसरमा एजेन्सी कार्यालयको पूजाअचर्ना सहित समुद्घाटन गरेको छ।

कम्पनीले गोठाटारमा नेशनल लाइफ एजेन्सी कार्यालय घटस्थापनाको पावन अवसरमा समुद्घाट गरेको हो ।

कार्यक्रममा, कार्यालय प्रमुख एजेन्सी म्यानेन्जर, स्थानीय बीमा अभिकर्ताहरुको उपस्थितीमा नयाँ एजेन्सी कार्यालय स्थापना गरेको हो । नयाँ एजेन्सी कार्यालयको स्थापनासँगै सो क्षेत्रका जनतालाई बीमा व्यवसायमा थप सहज हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा कम्पनीका जोरपाटी शाखाका प्रमुख सिताराम फुयाल, चिफ बिजिनेस मेनेजर सुमन श्रेष्ठ ,एजेन्सी कार्यालय प्रमुख राजेश कुमार चापागाईं लगायतले बीमाको महत्वबारे प्रकाश पारेका थिए ।

यस कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बिमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*