होन्डा मोटरसाइकलमा गम्भीर समस्याः ब्रेक लाइट र बैंक एङ्गल सेन्सर काम नलाग्ने बाइक धमाधम बिक्री गरिदैं

१७ आश्विन २०८१, बिहीबार १३:५०

काठमाडौँ । भारतमा बिक्री भइरहेका होन्डा हाइनेस सीबी ३५० र सीबी ३५० आरएसमा गम्भिर समस्या देखिएको छ । कम्पनीले उत्पादन गरि रहेको बाइकहरूको ब्रेक लाइट र बैंक एङ्गल सेन्सरमा समस्या देखिएको हो ।

होन्डाले ब्रेक लाइट स्विचका रबरका भागहरूको निर्माणमा अनुपयुक्त प्रक्रियाको पालना गरिएको छ, जसले गर्दा यी भागहरूमा क्र्याक्स देखापरिरहेको छ । यसका कारण पानी भित्र पस्न सक्छ र भित्री भागमा जंग लाग्न सक्छ, जसले गर्दा ब्रेक लाइटको काम गर्न नसक्ने सम्भावना बढाउँछ । यो समस्या सन् २०२० को अक्टोबरदेखि सन् २०२३ को जनवरीसम्म निर्माण गरिएका मोटरसाइकलहरूमा देखिएको हो ।

यसको साथै, बैंक एङ्गल सेन्सरमा पनि गम्भीर समस्या देखा परेको छ । सेन्सरको आवरणको ‘अनुपयुक्त मोल्डिङ’ का कारण यसमा छिद्र उत्पन्न हुन सक्छ, जसले पानी भित्र पस्न सक्ने सम्भावना बढाउँछ । यसले गर्दा सेन्सरको काम गर्न नसक्ने खतरा रहन्छ र यदि समस्या गम्भीर भयो भने मोटरसाइकल अचानक रोकिन पनि सक्छ । यो समस्या सन् २०२० को अक्टोबरदेखि सन् २०२१ को डिसेम्बरसम्म निर्माण गरिएका बाईकहरूमा देखिएको छ ।

निराशाजनक कुरा त के हो भने, नेपाली बजारमा पनि यी समस्याग्रस्त बाइकहरूको बिक्री भइरहेको छ। नेपालमा रहेका ग्राहकहरूले यस विषयमा कुनै जानकारी पाएका छैनन्। जबकि भारतमा कम्पनीले प्रभावित ग्राहकलाई निःशुल्क प्रतिस्थापनको लागि सेवा उपलब्ध गराइरहेको छ, तर नेपाली बजारमा हालसम्म यस्तो प्रक्रिया सुरु गरिएको छैन। कम्पनीले समस्या देखाएका बाइक नेपालमास्याकार ट्रेडिङ कम्पनीले बिक्री वितरण गरिरहेको छ । तर, समस्याग्रस्त साधन फिर्ता गर्ने विषयमा कुनै चासो दिइएको छैन ।

यातायात ब्यवस्था विभागले गुणस्तर परिक्षण नगरी जथाभावि दुई पाङ्ग्रे साधन आयात र बिक्रीका लागि अनुमति दिदै आइरहेको छ ।

के हो बैंक एङ्गल सेन्सर ?

पुराना समयका धेरै बाइक्समा बैंक एङ्गल सेन्सरको प्रयोग हुने गर्दैनथ्यो। बीएस 6 (BS6) मानकको आगमनपछि, धेरैजसो बाइक्समा यो विशेषता समावेश गरिएको छ। यो सेन्सर प्रायः फ्यूल टेङ्कीको मुनि हुन्छ र यसलाई त्यहाँ राख्नका लागि एक ठूलो कारण छ।

यो एक सानो पार्ट हो, जसलाई सेन्सर पनि भनिन्छ। बाइकलाई बन्द गर्नमा यसले महत्त्वपूर्ण भूमिका खेल्दछ। यो केवल चाबीले मात्र होइन, तर यस सेन्सरमार्फत पनि बाइकलाई सजिलै बन्द गर्न मद्दत गर्दछ। यसले बाइकको सुरक्षा र सञ्चालनलाई सहज बनाउँछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*