ग्लोबल आइएमई बैंकद्धारा बाढी पीडितलाई राहत वितरण

१६ भाद्र २०७८, बुधबार १२:१८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी पीडितलाई राहत प्रदान गरेको छ । बैंकले नवलपरासी बर्दघाट सुस्ता पश्चिमका डुवानमा परेका बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको हो ।

बैंकले बाढी प्रभावित जिल्लाको सुस्ता पश्चिम रामग्राम नगरापालिका वडा न १८ पम्फापुरका १ सय ३५ घरदुरीलाई चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनिरल वाटर वितरण गरेको हो ।

उक्त सामाग्री बैंकका शाखा कार्यालय भुमही र परासीको संयोजकत्वमा लुम्बिनी प्रादेशिक कार्यालय रामग्राम नगरपालिकासंगको समन्वयमा वितरण गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*