दशैंमा तीन दिनमात्र शेयर कारोबार बन्द हुने

१७ आश्विन २०८१, बिहीबार १२:१५

काठमाडौँ । दशैंको बिदा अवधिमा शेयर बजार तीन दिन मात्र बन्द हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीन दिन मात्र बन्द हुने भएको छ, जसअनुसार बजार असोज २४ गते बिहीबार, असोज २७ गते आइतबार र असोज २८ गते सोमबार बन्द हुनेछ।

यसपटक दशैंका लागि सरकारले असोज २४ गतेदेखि असोज २८ गतेसम्म पाँच दिनको सार्वजनिक बिदा दिएको छ। फुलपातीदेखि कोजाग्रत पूर्णिमासम्मको यो समय प्रायः व्यापार र आर्थिक गतिविधिहरू सुस्त हुने भए पनि नेप्सेले केवल तीन दिन मात्र बजार बन्द हुनेछ ।

विशेष गरी दशैंको समयमा नेप्सेमा सामान्यतया कारोबारको मात्रा घट्ने भए पनि, बजार पुनः सुचारु हुने दिनहरूमा लगानीकर्ताहरूले सक्रियता देखाउन सक्छन्।

One thought on “दशैंमा तीन दिनमात्र शेयर कारोबार बन्द हुने

  1. Shyam chandra maharj says:

    Why , would it open on Friday 25 th Ashoj and Saturday 26 th Ashoj?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*