विद्युत बिक्री आम्दानी घट्दा बरुण हाइड्रोपावरको नाफा ६५ प्रतिशतले घट्यो

१६ भाद्र २०७८, बुधबार १२:१३

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.२३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६४ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी समेत घट्न पुगेको छ । अघिल्लो आवमा ८ करोड ५० लाख रुपैयाँ बिद्युत बिक्री आम्दानी गरेको कम्पनीले गत वर्ष २९.६९ प्रतिशतले घटेर ९७ लाख ५८ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

चौथो त्रैमाससम्म कम्पनीको चुक्तापूँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ५० लाख २४ हजार संचित रहेको छ । त्यस्तै कम्पनीको वार्षिकी प्रतिशेयर आम्दानी ९६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ८८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*