बाढीले दक्षिणकाली मन्दिरमा ठूलो क्षति

१७ आश्विन २०८१, बिहीबार ११:२४

काठमाडौं । गत शुक्रबार र शनिबार गएको भिषण बाढी पहिरोमा काठमाडौंस्थित दक्षिणकाली मन्दिरमा ठूलो क्षति पुगेको छ । स्थानीय दक्षिणकाली खोलामा आएको पहिरो मिश्रित बाढीका कारण मन्दिरको मात्रै सकुशल राखेर बाँकी धेरै संरचना भत्काएको छ ।

बाढीले मन्दिर परिसरमा पनि लेदो माटो जम्न पुगेको छ । आजदेखि सुरु भएको दशैंमा दक्षिणकाली मन्दिरमा विशेष पुजा हुने गर्दछ । बाढीले क्षतिग्रस्त मन्दिरमै सर्वसाधारणले पुजा गर्न बाध्य भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*