सिड इनर्जीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारण सभा

१७ आश्विन २०८१, बिहीबार ११:१६

काठमाडौं । आइपीओ निष्काशनको मुख्य प्रस्तावसहित सिड इनर्जी लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ।

असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको २ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको सार्वजनिक निष्काशन (आइपीओ) लाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण र सोसँग सम्बन्धित अनुसूचिहरुमाथि छलफल गरी पारित गर्ने र सञ्चालक समितिले आव २०८०/०८१ मा गरेका निर्णयहरु तथा कार्यहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१र०८२ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*