सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश घोषणा

१६ भाद्र २०७८, बुधबार ११:२६

काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्ड नामक योजनाको प्रतिफल घोषणा गरिएको छ ।

कम्पनीको संचालक समितिको भदौ १५ गते दिउँसो ४ बजे बसेको बसेको बैंठकको निर्णयअनुसार आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट योजनाका इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

सानिमा लार्ज क्याप फण्ड योजनाको १ अर्ब २० करोड रुपैयाँ ४ प्रतिशत (कर सहित) का दरले हुन आउने ४ करोड ८० लाख रुपैयाँ मात्र र सानिमा इक्विटी फण्ड योजनाको १ अर्ब ३० करोड रुपैयाँको ३३ प्रतिशत (कर सहित) का दरले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ मात्र प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*