मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१६ भाद्र २०७८, बुधबार ११:०८

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले भदौ ८ गतेदेखी भदौ १६ गतेसम्म आवेदन दिन मिल्ने गरी ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५८० तोकिएको छ । आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

इच्छुक शेयर खरिद गर्न चाहने आवेदकहरुले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता न्यूनतम मूल्य सो भन्दा बढी अंकित गरी बोलपत्र पेश गर्न सकिनेछ ।

उक्त बोलपत्र बुधबार बैंकिङ समयसम्म प्राप्त आवेदन भदौ १७ गते बिहान १० बजे कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरीमा खोलिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*