बजार घट्दा समेत बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
१६ आश्विन २०८१, बुधबार १५:२०
काठमाडौँ । शेयर बजार दोहोरो अकंले घटेको छ । बजार घटेपनि केहि कम्पनीका लगानीकर्ता भने मालामाल भएका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.०७ अकंले घटेर २५९७.४९ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हवार ७६३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ ।
यसदिन दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज थ्रि स्टार हाइड्रोपावर र स्वरोजगारी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
बुधबार इस्टर्न हाइड्रोपावरको ९.४५ प्रतिशत, अपर हेवाखोलाको ८.०२ प्रतिशतले शेयर मूल्य बढेको छ ।