नुम्बुर हिमालय हाइड्रोपावरले प्रिमियममा आइपीओ निष्कासन गर्ने

१६ आश्विन २०८१, बुधबार ११:२६

काठममाडौँ । नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित कात्तिक ७ गते वार्षिक साधारण सभा बोलाएको हो।

सभा कम्पनीको रजिष्टार्ड कार्यालय नक्साल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरीएको हो । सभामा प्रिमियम मूल्यको शेयर जारी गर्न सक्ने गरी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

साथै, आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*