फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनश र नगद कति ?

१६ आश्विन २०८१, बुधबार १०:०४

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको १३.३० प्रतिशत बोनश शेयर र ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित भएपश्चात लगानीकर्ताहरुले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*