अमेरिकी डलरको मूल्यमा वृद्धि, आज कुन मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ४२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४९ रुपैयाँ२ पैसा रहेको छ भने खरिददर १४८ रुपैयाँ ३६ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७९ रुपैयाँ ३ पैसा खरिददर १७८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज येनको बिक्रीदर ९ रुपैयाँ ३५ पैसा र खरिददर ९ रुपैयाँ ३१ पैसा छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ९२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४० पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।