इरानद्वारा इजरायलमाथि सैन्य आक्रमण सुरु, इजरायली जनतालाई बंकरमा लुक्न भनियो
काठमाडौं । मध्येपूर्वमा भिषण युद्ध मच्चिने खतरा फेरि बढेर गएकोछ । आज राति अबेरसम्म इरानले इजरायलमाथि भिषण हवाई हमला गर्न सक्ने अमेरिकी चेतावनीको केही घण्टा बित्न नपाउँदै इजरायलभरि खतराका साइरन बज्न सुरु गरेको छ । इजरायली सेनाले इरानबाट इजरायलतर्फ आउँदै गरेको ब्यालेष्टिक मिसाइलहरु डिटेक्ट गरिएको पुष्टि गरेको छ ।
व्यापक ठूलो साइरनसँगै इजरायलको राजधानी जेरुसेलम तथा मुख्य शहर तेल अभिवमा तनाव उत्पन्न भएको छ ।
इजरायल टाइम्सका अनुसार त्यहाँका सेनाले सबै नागरिकलाई सेन्टर नजिकै (बंकर नजिकै बस्न आग्रह गरेका छन् । यसअघि इजरायलमाथि प्रत्यक्ष हवाई हमला गरेको इरानले दोस्रो फटक आक्रमणको तयारी गरेको हो ।
गत वर्षको अक्टोवर ८ का दिन हमासले इजरायलमाथि गरेको हमलाको विरुद्धमा गाजामा सशत्त कारवाही गरेको इजरायलले पछिल्लो पटक गत सातादेखि लेबनानमा समेत छिरेर बिध्वंस मच्चाइरहेको छ ।
मुश्लिममाथि जातीय नरसंहार मच्चाएको आरोप लगाउँदै आएको इरानले केही दिनदेखि बदला लिने चेतावनी दिँदै आएको थियो । अमेरिका, बेलायत, फ्रान्स र जर्मनीको प्रत्यक्ष संलग्नता र सहयोगमा इजरायलले मुश्लिम देशहरुमाथि आतंक मच्चाउँदै आएको छ ।
सो घटनाको बदलामा आज राति बिशाल सैन्य हमला गर्न सक्ने अमेरिकाले चेतावनी दिएसँगै इजरायलमा तनाव सुरु भएकोछ । इजरायली सेनाका फ्रबक्ता डेनियल हगरीले इरानले गर्ने सैन्य आत्रमण विशाल हुनसक्ने भन्दै सचेत रहन सबैलाई अपिल जारी गरेका छन् । केहीबेर अघि पत्रकार सम्मेलन गर्दै हगरीले मिसाइलको साइरन बज्ने वित्तिकै सबैजना बंकरमा लुक्न र अर्को सूचना जारी नभएसम्म बाहिर नआउन भनिएको छ ।
इजरायलमा हरेक घरमा बंकर बनाइएको हुन्छ । बंकर भन्नाले घर अगाडिको चौरमा सुरुङ बनाएर बम आक्रमण भइहालेमा सुरक्षित राख्ने स्थानलाई बुझिन्छ ।
उता, अमेरिकी परराष्ट्र मन्त्रालयले पनि इजरायलस्थित आफ्ना दुताबासका सबै कर्मचारीहरुलाई बंकरमा बस्न र अर्को सूचना नआएसम्म बाहिर नआउन भनिएको छ ।
हजारौं नेपाली समेत रहेको इजरायल भिषण युद्धको चपेटामा पर्न लाग्दा त्यहाँ रहेका नेपालीहरुको सुरक्षाको विषय चुनौतिपूर्ण बन्दै गइरहेको छ । यसअघि गत वर्षको अक्टोवर ८ मा अपहरणमा परेका बिपिन जोशी अझै फिर्ता ल्याउन सकिएको छैन ।
उता, इजरायलले स्थलमार्गमार्फत सैन्य कारवाही अघि बढाएको लेबनानको अवस्थामा पनि उत्तिकै नाजुक छ । त्यहाँ नेपाली सेनाका एक हजार भन्दा बढि सैनिक तैनाथ रहेका छन् । त्यसैगरी, लेबनानमा थुप्रै नेपाली श्रमिकहरु कार्यरत रहँदै आएका छन् । उनीहरुको सुरक्षामाथि पनि अर्को चुनौति थपिएको छ ।
मध्यपूर्वमा फैलिन लागेको युद्धको सम्बन्धमा सरकारले उद्धारको लागि आवश्यक तयारी गर्न भ्याएकै छैन । भिषण बाढिपहिरो पीडित जनतालाई समेत राहत दिन नसकेको सरकारले मध्यपूर्वमा फैलिन लागेको युद्धबाट नेपाली जनतालाई जोगाउने सम्बन्धमा निर्णय गर्न दवाव दिनुपर्ने भएको छ ।