प्रभु महालक्ष्मी लाइफ र गुँरास लघुवित्तको शेयर मूल्य समायोजन, अब मूल्य कति ?
काठमाडौं । दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स र गुँरास लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सको १० प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५५० रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ६०५ रुपैयाँमा भएको थियो ।
यस्तै, गुँरास लघुवित्तको १४।२५ प्रतिशत बोनस शेयर बापत नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ५ सय ९१ रुपैयाँ ९५ पैसामा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ हजार ८ सय १८ रुपैयाँ ८०रुपैयाँमा भएको थियो ।
आज मूल्य समायोजन भएका कम्पनीहरुको समायोजित मूल्यका आधारमा बुधबार कारोबार हुनेछ । नेपाल स्टक एक्सचेञ्जको नियम अनुसार समायोजित मूल्यमा २ प्रतिशतसम्म घटबढ भएर पहिलो कारोबार हुन सक्नेछ ।