छोराले दिए आमाको जन्मदिनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ निवासी ममता गौतमले आफ्नो जन्मदिनमा बीमा पोलिसी उपहार पाएकि छिन् । उनलाई कान्छा छोरा क्षितिज गौतमले जन्मदिनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन जीवन सारथी योजना’ अन्तर्गत बीमा पोलिसी उपहार दिएका हुन् ।
ममताका दुई छोरामध्ये निश्चल र क्षितिजले संयुक्तरूपमा यो उपहार प्रदान गर्दै आमाको सुरक्षाका लागि विशेष कदम चालेका हुन्। आफ्नो जन्मदिनमा बीमा पोलिसी उपहार पाउँदा ममता अत्यन्तै खुशी भएकी छन्। उनले यसलाई केवल उपहार मात्र नभएर, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउने उपायको रूपमा लिएको बताइन् ।
उनले आफ्नो श्रीमान र सन्तानको समेत भविष्य सुनिश्चित भएको महसुस गर्दै बीमा उपहारले आफूलाई थप सुरक्षित बनाएको बताइन् । साथै, बीमा पोलिसी उपहार पाउने क्रमसँगै सिटिजन लाइफ इन्स्योरेन्सको माध्यमबाट जीवन बीमाबारे थप जानकारी र सचेतना प्राप्त गर्न पाएको उनको भनाइ छ।
बीमा पोलिसी उपहार दिने प्रवृत्ति पछिल्लो समय विभिन्न शुभ अवसरमा बढ्दै गएको छ। जन्मदिन, बार्षिकोत्सव, न्वारानलगायतका अवसरहरूमा आफन्तलाई बीमा पोलिसी उपहार दिने चलनले देशमा बीमाको पहुँच विस्तारमा सकारात्मक प्रभाव पारिरहेको छ।