नेशनल लाइफ दिक्तेल शाखाद्वारा दुई परिवारलाई बैदेशिक रोजगार मृत्यु दावी भुक्तानी बापत २७ लाख हस्तान्तरण

१५ भाद्र २०७८, मंगलवार २३:१४

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको खोटाङ दिक्तेल शाखाले आज एकै दिन दुई परिवारलाई बैदेशिक रोजगार मृत्यु दावी भुक्तानी बापत २७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कम्पनीको दिक्तेल शाखा प्रमुख नविन श्रेष्ठले खोटाङ जिल्ला दिप्रुङ चुईचुम्वा गाउँपालिका घर भई बैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका दिनेश दर्जीको २०७८ जेठ २८ गते निधन भएकोमा मृतकका परिवारलाई १४ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । कम्पनीका अनुसार सो रकम मृतकका बुवा रण बहादुर दर्जी तथा आमा हिरादेवी सुनामलाई शाखाका प्रमुख नविन श्रेष्ठले १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

त्यसैगरी, कम्पनीले खोटाङ जिल्लाकै साकेला गाउँपालिका–१, बाँझे च्यानडाँडा स्थायी घर भई बैदेशिक रोजगारीको सिलसिलामा दुबई गई नेपाल फर्र्केका बेला नेपालमै काम गर्दागर्दै सुनसरीको बराह क्षेत्रमा सवारी र्दुघटनामा परी गत जेठ १७ गते निधन भएका विष्णु कुमार बस्नेतका आश्रित परिवार तिख बहादुर बस्नेत र कुमारी बस्नेतलाई म्यादी जीवन बीमा बापतको १३ लाख रुपैयाँको शाखा शाखा प्रमुख श्रेष्ठले हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*