व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

१५ आश्विन २०८१, मंगलवार १६:५६

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।

उनी गत असोज ६ गते पक्राउ परेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*