दशैंको मुखमा मालामाल लगानीकर्ताः नेप्से ११४ अकंले बढ्दा कारोबार समेत उच्च, लय समालेको हो ?

१५ आश्विन २०८१, मंगलवार १५:०५

काठमाडौँ । शेयर बजारमा उछाल आएको छ । बजारमा उच्च सुधार आउँदा परिसूचक समेत उकालो लागेको हो । पछिल्लो केहि दिन घटेको बजार हिजो र आज भने लोभलाग्दो सुधार देखिएको हो ।

दशैंको मुखमा नै बजारमा सुधार देखिएपछि लगानीकर्तामा उत्साह छाएको छ । कम्पनीहरुको शेयर मुल्यमा समेत सुधार देखिएको छ। दशैंको बिक्री दबाबले घटी रहेको बजार अब भने सुधार तिर जाने अपेक्षा लगानीकर्ताहरुको रहेको छ । नाफा बुक गरि सकेको र दशैंका लागि आवश्यक जोहो भइसकेको हुँदा बजार अब सकारात्मक यात्रा तिर अघि लम्किने विश्वास रहेको छ ।

नियामक निकाय समेत सकारात्मक रहेको र शेयर बजारका लागि आवश्यक सूचक सकारात्मक बन्दै गएको हुँदा बजारले लय नै लिने देखिन्छ । जस गर्दा लगानीकर्ता शेयर धितोकर्जा तिर समेत झुम्मिन थालेका हुन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अकंले बढेर २६२३.५६ बिन्दुमा कायम भएको छ । आज ३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यसदिन २७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*