नेपाल टेलिकमको कम्पनी सचिव परिवर्तन, सञ्चालकमा संगिता पहाडी अर्याल

१५ आश्विन २०८१, मंगलवार ११:५८

काठमाडौँ । नेपाल टेलिकमको कम्पनी सचिवमा नाप्रनि द्धारिका प्रसाद पौडेल नियुक्त भएका छन् ।

केन्द्रिय कार्यालय, प्रमुख मानव संशाधन अधिकृतको कार्यालय (कर्मचारी प्रशासन शाखा) को असोज २ गतेको पत्राअनुसार कम्पनी सचिव परिवर्तन गरिएको हो ।

साथै, टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी अर्याललाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको छ । साथै उनले सञ्चालक पदको पद तथा गोपनियताको शपथ समेत ग्रहण गरिसकेकी छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*