गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, साधारण सभा कहिले ?

१५ आश्विन २०८१, मंगलवार ०७:४७

काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात असोज १६ गते बुकक्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले असोज २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, होटल कान्जिरोवा, धनकुटामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

त्यस्तै, सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*