४४.४५ अकंले उचालियो पुँजी बजारः कारोबार खुम्चिदा परिसूचकमा भने सुधार, दशैंको बिक्री दबाब कति ?

१४ आश्विन २०८१, सोमबार १५:०५

काठमाडौँ । साताको दोस्रो दिन शेयर बजारमा सुधार देखिएको छ । दशैंको बिक्री दबाबका बेला घटी रहेको पुँजी बजार आज भने सुधार तिर लम्किएको हो । शेयबजारका लागि आवश्यक पर्ने सूचक सबै सकारात्मक रहेको बेला बजार सुधार तिर लम्किने अपेक्षा लगानीकर्ताहरुको रहेको छ ।

बजारमा सुधार देखिएपनि कारोबार रकम भने खुम्चिएको छ । लगानीकर्ता दशैंको मुखमा पर्ख र हेरको अवस्थामा रहेका छन् । जसले गर्दा शेयर बजार दशैंपछि सकारात्मक यात्रा तिर लम्किने विश्वास लगानीकर्तामा रहेको छ । शेयर बजारमा सबैभन्दा ठुलो भुमिका लगानीकर्ताको मनोबलको हुने गर्दछ । लगानीकर्ताको मनोबल उच्च हुन सके बजारले नयाँ फड्को मार्ने आंकलन भइरहेको हो ।

तर, बिक्री दबाबकै बीच सुधारतिर बजार लम्किनुलाई कतिपयले ठुला लगानीकर्ता एक्जिट हुने समयको रुपमा समेत आंकलन गरी रहेका छन् । समग्रमा बजार सुधार तिर नै जाने देखिन्छ । बैंकको ब्याजदर निरन्तर ओरालो लागि रहेको, अर्थतन्त्र समेत सुधार हुँदै गएको, नियामक निकाय समेत सकारात्मक रहेको र बाधा गर्ने पोलिसिहरु पनि फुकुवा हुँदै गएको कारण बजारले लय समाउने विश्वास आम लगानीकर्ताको रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.४५ अकंले बढेर २५०८.८६ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

सोमबार १२ उपसूचकमा हरियाली आएको छ । यसदिन, बैंकिङ समूहको १.१८ प्रतिशत, विकास बैंक समूहको १.९३ प्रतिशत, फाइनान्स समूहको ४.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.२८ प्रतिशत, हाइड्रोपावर समहको १.२२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*