सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

१४ आश्विन २०८१, सोमबार १०:३२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार भने सुन तोलामा एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*